उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यक: मन्त्री थापा
पाेखरा | मंसिर १, २०८१
पोखरा: गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यक रहेको बताएका छन् ।
शनिबार पोखरा १६ स्थित विन्ध्यवासिनी क्याम्पसको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले परम्परागत शैलीको शिक्षाले मात्र सोचेजस्तो उपलब्धी हासिल नहुने बताए ।
“ परम्परागत शिक्षाले सोचेजस्तो उपलब्धी हासिल हुन सकेन । परिवर्तनको कडी नै शिक्षा हो । शिक्षाको माध्यम बाट नै समृद्धि प्राप्त हुन्छ । उत्पादन र रोजगारी सङ्ग शिक्षालाई जोड्नपर्छ । व्यवसायिक र सीपयुक्त शिक्षा आजको आवश्यकता हो ।”, उनले भने ।
मन्त्री थापाले प्रदेश सरकारले शिक्षा क्षेत्रमा सुधार ल्याउन केही नयाँ कार्यक्रम ल्याएको जानकारी गराए । उनले अभिभावक शिक्षा, सिक्दै कमाउँदै कमाउँदै सिक्दै, फ्राइडे फर फ्युचर जस्ता कार्यक्रमले विद्यार्थीको आकर्षण बढाउने उल्लेख गरे ।
विन्ध्यवासिनी क्याम्पस लाई प्रभावकारी बनाउन गुणस्तरीय शिक्षामा ध्यान दिन उनले आग्रह गरेका छन् । क्याम्पसमा देखिएको हर किसिमको समस्या समाधानमा आफु पदमा रहे पनि नरहे पनि सदैव साथमा रहेको भनाई उनको छ ।
प्रदेश सरकारले सामुदायिक क्याम्पसका लागि वार्षिक रुपमा नै अनुदान उपलब्ध गराउँदै आएको उनले बताए । क्याम्पसको पुस्तकालयको स्तरोन्नतिमा प्रदेश सरकार सकरात्मक रहेको भनाई उनको छ ।
कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले विन्ध्यवासिनी क्याम्पसको भवन बन्नुपर्छ भन्ने विषयमा सकरात्मक हुन आग्रह गरेका छन् । विद्यमान कानूनका कारण क्याम्पसको भवनको कामले गति पाउन नसकेको र उक्त समस्याको समाधानमा नै वडाले काम गरिरहेको भनाई उनको छ ।
क्याम्पसका सिनेटर राम बहादुर बानियाँले भारतीय राजदूतबाट क्याम्पसका लागि छुट्टिएको रकम गुम्न दिन नहुने उल्लेख गरे ।
क्याम्पसको गतिविधिका बारेमा क्याम्पस प्रमुख सुमन केशव पराजुलीले जानकारी गराएका थिए भने स्वागत विजय शर्माले गरेका थिए । क्याम्पसले उतिर्ण विद्यार्थीलाई सम्मान समेत गरेको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

